×
Lagani
Lagani Shiksha gif
आजपनि बढ्यो न्यादी र सामलिङ्ग पावरको शेयर मूल्य , लगानीकर्ता भए मालामाल



नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधबार न्यादी हाइड्रोपावरको  शेयर कारोबार शुरु भएको केहि बेरमै सकारात्मक सर्किट लागेको छ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४८ दशमलव ३०  मा शुरु भएको थियो भने हाल सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ३७५.६० पुगेको छ।  आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिसत आर्थत ३४.१० अंकले बढेको हो।

Lagani Shiksha gif
sharehubapk आजपनि बढ्यो न्यादी र सामलिङ्ग पावरको शेयर मूल्य , लगानीकर्ता भए मालामाल

Screenshot 2021 12 01 121324 आजपनि बढ्यो न्यादी र सामलिङ्ग पावरको शेयर मूल्य , लगानीकर्ता भए मालामाल

कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नाै हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ जनाको आवेदन रद्द भएको छ भने तीन हजार ५०४ जनाको सेयर सि-आस्वाले अस्वीकृत गरेको छ।स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो सेयर बाँडफाँट गरिएको हो । कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बनाइएको थियो ।

उक्त कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।

त्यस्तै सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२७ दशमलव ८०  मा शुरु भएको थियो भने हाल सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ४६१.४० पुगेको छ।  आज कम्पनीको शेयर मूल्य ९.९९  प्रतिसत आर्थत ४१.९० अंकले बढेको हो।

Screenshot 2021 12 01 120552 आजपनि बढ्यो न्यादी र सामलिङ्ग पावरको शेयर मूल्य , लगानीकर्ता भए मालामाल

 

कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरेको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले ४ कात्तिकदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस