SBL 345 -8.1 MHCL 410 -7 NLIC 814 -13.4 ALICL 714.5 -1.2 KEF 9 0.28 UPPER 214.2 -1.8 MKHC 339 -1 SHEL 242.9 -4.7 LICN 1995.9 -27.1 NGPL 472 -2.9 KDBY 9.21 -0.23 KSBBL 448 -3 IHL 499 -1 PSF 9.51 -0.09 UMHL 308 -4 MBL 255 -4 VLUCL 588 -1.9 MBLD2085 1085 6.5 CMF1 10.5 -0.2 BHL 440 -13 SAGF 9.31 0.01 SFMF 10.2 -0.2 MEL 292 2 NLO 242.1 0 SIFC 628 10 LSL 253.5 -5.5 BHPL 655.1 -12.7 MSHL 938 3 MHL 725 3.5 MKCL 1497 -26 HURJA 220 -4.6 SHLB 1886.9 1.9 RADHI 397.9 7.9 EBL 605 5 KDL 1059 16 RURU 740 -9.8 SWBBL 1065 2.1 USLB 1467 -2.9 NLICL 606 -4 SGIC 641.2 -4.8
×
महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज



महिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ ।

लघुवित्तले प्रतावित लाभांश पारित गर्न तथा साधरणसभा प्रयोजनार्थ १६ मंसिरदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा बिहान हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा १०ः३० बजेबाट सुरू हुनेछ । सभामा लघुवित्तले प्रस्ताव गरेको ४७ दशमलव पाँच प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर सहित दुई दशमलव पाँच प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।

प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । त्यस्तै, सभामा अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस