लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालको जोन २४ अन्तर्गतका लायन्स क्लबहरुको डिस्ट्रिक गर्भनर प्रि एड्भाइजर कमिटी मिटिङ सम्पन्न भएको छ ।
जोन २४ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुड, लायन्स क्लब अफ काठमाण्डौं ग्रिन टाउन, लायन्स क्लब अफ काठमाण्डौं सेक्रेड भ्याली र लायन्स क्लब अफ काठमाण्डौं मेट्रो होम क्लब अफिसरहरुको उपस्थितिमा डिस्ट्रिक्ट गर्भनर प्रि- एडभाईजरी कमिटी मिटिङ सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी क्याबिनेट सेक्रेटरी PMJF लायन् त्रिजा ढकाल, डिस्ट्रिक्ट आइडल चिफ लायन सुरेन्द्र श्रेष्ठ, जिईटी को-अर्डिनेटर लायन सुबोध रायमाझि, District Chief Administrator लायन हसन गोपाली, लायन श्रीकृष्ण मानन्धर, लायन् महा प्रसाद पाण्डे, डिष्ट्रिक प्रमुख सल्लाहकार लायन सागर कुमार डंगोल, डिपार्टमेन्ट चिफ लायन् निर्मल महर्जन, डिपार्टमेन्ट को-चिफ लायन् राजेन्द्र महर्जन, एरिया कोर्डिनेटर लायन् चूडामणि सिलवाल, रिजन १२ का चियर पर्सन लायन अमर राज सुवाल,जोन चियरपर्सन लायन् सरोज महर्जन, डिस्ट्रिक्ट चियर पर्सन लायन् बिजय तामाङ, लायन् मचाकाजी महर्जन, लगायत डिस्ट्रिकका अतिथिहरुको उपस्थिति रहेको थियो ।
District Chief Administrator लायन हसन गोपालीले जोन २४ अन्तर्गतको क्लबहरु डिस्ट्रिकमा अति नै महत्वपूर्ण क्लब रहेको र विगतदेखी वर्तमानसम्म निकै नै उल्लेखनिय कार्यहरु गर्न सफल क्लबको रुपमा चिनेको भन्दै उहाँले बिशेषगरी लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुड र लायन्स क्लब अफ काठमाण्डौ ग्रिन टाउन, लायन्स क्लब अब काठमाडौं सेक्रेड भ्यालीको मन्त्रमुग्धले प्रशंसा गर्नुभएको थियो । निकै नै शक्तिशाली क्लबहरु अट्ने जोन र रिजोन दुबै चियर पर्शनलाई बधाई दिदैं उहाँले लायन्समा ब्लडहुड, ग्रिन टाउन, सेक्रेड भ्यालीको टिमको युनिटी देख्दा सार्है खुशी लागेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी PMJF लायन् त्रिजा ढकालले जोन अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएकोमा आफू ज्यादै खुशी भएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुडका अध्यक्ष बिकेस श्रेष्ठ, लायन्स क्लब अफ काठमाण्डौं ग्रिन टाउनका अध्यक्ष सन्जिब यादब, लायन्स क्लब अफ काठमाण्डौं सेक्रेड भ्यालीका अध्यक्ष लायन् बद्री दाहाल, साथै अन्य पदाधिकारीहरुले आफ्नो क्लबले हालसम्म गरेका र आगामी बर्षको सामाजिक कार्यहरुको कार्य योजना र हाल सम्मको प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
काठमाण्डौंको ब्यापरिक क्षेत्र सिटी सेन्टर फुड कोर्ट कमलपोखरीमा सञ्चालन भएको डिस्ट्रिक्ट गर्भनर प्रि- एडभाइजरी मिटिङको सभापतित्व जोन-२४ का चियर पर्सन लायन राजिब श्रेष्ठले गर्नुभएको थियो । स्मरण रहोस जोन २४ का जोन चियर पर्शन लायन राजिब श्रेष्ठ लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुडका संस्थापक अध्यक्ष साथै ग्रिन टाउनको गाइडिङ लायनको भुमिका छन्।
















