×
Lagani
Lagani Shiksha gif
चैत २१ गतेदेखि निष्कासन हुदै विन नेपाल लघुवित्तको एफपीओ , कति दिने आवेदन ?



विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार स्वः पूँजी संरचनामा सर्वसाधारणको ३० प्रतिशत हिस्सा सुनिश्चित गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने छन्। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिन सक्छ।

Lagani Shiksha gif
sharehubapk चैत २१ गतेदेखि निष्कासन हुदै विन नेपाल लघुवित्तको एफपीओ , कति दिने आवेदन ?

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले ‘CARE NP Single B Issuer Rating’ प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत, ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस