×
एमाले महाधिवेशनमा उम्मेदवार बन्नको लागि कसले कति बुझाए ? हेर्नुहोस



नेकपा एमालेको निर्वाचन समितिले १०औं महाधिवेशनमा उम्मेदवारी शुल्कवापत मात्र २१ लाख २५ हजार रुपैयाँ उठाएको छ ।

समितिले अध्यक्षका लागि १५ हजार, पदाधिकारी र आयोग पदाधिकारीका लागि १० हजार, र केन्द्रीय सदस्य तथा आयोग सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ ।  ३०१ सदस्यीय केन्द्रीय कमिटी र ५० सदस्यीय आयोगको सदस्यका लागि मात्र ३६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्  भने आयोगसहित पदाधिकारीमा २८ जनाले उम्मेदवारी दिएका छन् ।

उनीहरुबाट आयोगले १८ लाख पाँच हजार रुपैयाँ शुल्क उठाएको छ । केन्द्रीय अध्यक्षका दुईजना प्रत्यासीबाट ६० हजार रुपैयाँ उठाएको छ । आयोगका ६ जनासहित केन्द्रीय कमिटीका २० जना पदाधिकारीबाट आयोगले दुई लाख ६० हजार रुपैयाँ शुल्क उठाएको छ ।

आयोगले उम्मेदवारी फिर्ता लिएपनि दर्ता गर्दा बुझाएको शुल्क फिर्ता नदिने भएकाले यो रकम निर्वाचन प्रयोजनका लागि खर्च गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस