×
आईपीओ परेकालाई शेयर अभौतिकीकरण गर्न सामलिङ्ग पावरको अनुरोध , यस्तो छ तरिका।



सामलिङ्ग पावर कम्पनी लिमिटेडले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गरिसकेकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

संस्थापकतर्फ र आयोजना प्रभावित स्थानियतर्फको स्वामित्वमा रहेको शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत भैसकेकोले सोमवार सूचना जारी गर्दै संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियलाई अभौतिकीकरण गराउन अनुरोध गरेको हो। सर्वसाधारणतर्फको शेयर कारोबार भइरहेको छ भने  संस्थापक तर्फ र आयोजना प्रभावित स्थानियतर्फको शेयर भने २०८१ साल कात्तिक १५ गतेदेखि मात्र कारोबार योग्य हुनेछ ।

कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरेको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले ४ कात्तिकदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण गरिएको थियो ।

शेयर प्रमाणपत्रलाई अभौतिकीकरण गर्ने तरिका

  • तपाइँले खरिद गरेको शेयरको प्रमाणपत्र तपाइँसँग भएको नभएको यकिन गर्ने । यदी शेयर प्रमाणपत्र हराएको अथवा लिनुभएको छैन भने उक्त कम्पनीको शेयर बिक्री कुन क्यापिटलमार्फत भएको थियो यकिन गरी उक्त क्यापिटलमा गइ प्रमाणपत्र लिने । यदी प्रमाणपत्र हराएको हो भने प्रतिलिपि लिनका लागि प्रकृया चलाउने ।
  • तपाइँले कति सालमा प्राथमिक शेयर खरिद गर्नुभएको थियो, त्यो बेलादेखि हालसम्म कम्पनीले प्रदान गरेका प्रत्येक वर्षको बोनस शेयर छ भने ती सबैको प्रमाणपत्र त्यही क्यापिटलमार्फत लिने ।
  • प्राथमिक शेयर र अन्य प्रमाणपत्रहरु संकलन भइसकेपश्चात तपाइँले जहाँबाट डिम्याट खाता खोल्नुभएको हो उक्त स्थानमा गइ शेयर अभौतिकीकरणका लागि प्रकृया सुरु गर्ने । त्यहाँबाट प्राप्त जानकारी नै तपाइँका लागि आधिकारीक हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस