SJCL 326 -3.7 GBBLPO 205 0 EBLD86 1040 -2 API 289.5 2.5 CHCL 568.9 -8.1 MCHL 488.3 -3.7 SICL 832 0 NMBD87/88 1027 -3 SMH 1064.8 5.9 CGH 909 -5 EBLD85 1105 5 MBL 255 -4 VLBS 902.5 -7.5 SAPDBL 569.6 -7.4 GMFBS 1512.1 -16.9 CZBIL 242 -10 NHDL 570 0 EDBL 645 -1.9 TPC 465 6 KBL 234 -6.9 SPIL 853 -18 LBLD86 1081 -0.2 RHGCL 388 0 BHPL 655.1 -12.7 HBL 260 -13 SAHAS 505 28 SBL 345 -8.1 BEDC 470 0 RURU 740 -9.8 ALBSL 1040 -4 NIMB 241.9 -9.1 SARBTM 765 -5 NIBD2082 1099 0 NESDO 2229 -18 NMB50 10.3 0.05 ANLB 4453.1 47 MERO 760 0.5 NGPL 472 -2.9 GILB 1268.4 4.4 HLBSL 1010 -10
×
घोराही सिमेन्टका श्रमिकहरुले न्यूनतम ज्याला नपाएको भन्दै गरे आन्दोलन



राष्ट्रिय पर्वको रुपमा मनाइने धान दिवस अर्थात असार १५ गतेको दिन ( हिजो ) सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले दाङमा प्रदर्शन गरेका छन् ।

श्रमिकहरूले शनिबार घोराही उपमहानगरपालिकाको गोग्लीस्थित घोराही सिमेन्ट उद्योग मूल गेटमा प्रदर्शन गरेका हुन् ।

नेपाल स्टक एक्सचेञ्जमा समेत सूचीकृत घोराही सिमेन्ट उद्योगले त्यहाँ कार्यरत सयौं श्रमिकहरुलाई वर्षौदेखि बीचमा श्रमिक सप्लायर्स कम्पनी खडा गरी सरकारले तोकेको न्यूनतम ज्यालामा ठगी गर्दै आएको आरोप छ ।प्रदर्शनकारी मजदुरहरूले सरकारले दैनिक ६६८ रुपियाँ न्यूनतम ज्याला तोकेको भएपनि उद्योगले बीचमा श्रमिक सप्लायर्स कम्पनी खडा गरी वर्षौंदेखि प्रतिव्यक्ति प्रतिदिन २०० रुपियाँसम्म ठगी गरेको बताएका छन् ।

श्रमिकहरूले न्यूनतम पारिश्रमिक, बैंक खातामा तलब भुक्तानी, सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग राखेका छन् । सिमेन्ट उद्योगका श्रमिकहरुले आफ्ना माग पूरा नभए अझ कडा आन्दोलन गर्ने र उद्योगमा ताला लगाउनेसम्मको चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस