MHCL 410 -7 CYCL 1540 -7 ALBSL 1040 -4 BEDC 470 0 KDL 1059 16 TSHL 909 -11 CZBIL 242 -10 SALICO 747 -9.1 PBLD87 1028 -2 NSIF2 10.52 0.02 BHDC 583 5.4 NHDL 570 0 NRN 905 -8 NBLD87 1020 -8 HEIP 381.8 20.8 CCBD88 1123.1 6.1 MNBBL 395.8 -0.8 NMB50 10.3 0.05 NRM 426.1 -4.9 NUBL 730 2.8 SBLD89 1200 16.1 ICFC 823.9 74.9 NYADI 305.4 -6.6 MBJC 321 -8 NICL 990.2 -4.8 SLBSL 1398.4 21.4 SEF 9.51 -0.24 RLFL 625 6.9 HRL 861 -4 UPPER 214.2 -1.8 SFCL 704.1 63.6 SADBL 419 -1 NFS 1350 -43 FOWAD 1479 0 MAKAR 500 6 UNL 48870 -930 LSL 253.5 -5.5 PFL 652 -1 PMHPL 260 -4 MANDU 885 -14
×
ओलीलाई बालेनको चेतावनी- गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !



काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन् ।

उनले भनेका छन्:

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस