SKBBL 934 -3 HLI 472 -4 GBLBS 738 -10 EBLD86 1040 -2 UNLB 2527 -3.9 GMFBS 1512.1 -16.9 NIBD2082 1099 0 SPIL 853 -18 HDHPC 208.8 -4.1 SBID83 1098 8.7 SIGS3 9.45 0.09 EBLD85 1105 5 DOLTI 538 10 BBC 4255 50 HIDCLP 183 -2 NRN 905 -8 CITY 805 -17 MHCL 410 -7 API 289.5 2.5 SDBD87 1035 4 KRBL 613 0 RHGCL 388 0 USHEC 523 -7 UAIL 639 -1 CYCL 1540 -7 KBLD89 1156 1 CHCL 568.9 -8.1 IHL 499 -1 MFIL 768 48 NICFC 8.97 -0.33 PRSF 9.54 -0.11 C30MF 9.74 0 MSLB 1564 -70 SBLD84 1040 19.3 NLG 1317 2 TRH 1118 -5 LUK 9.21 -0.09 PSF 9.51 -0.09 HBLD83 1056.3 0.3 UHEWA 476 -11
×
भर्खरै आईपियो निस्कासन गरेको हिमालयन रिको फागुन २० गते साधारण सभा , बोनस पारित हुदै।



हिमालयन रिइन्स्याेरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।

सभा, आइतबार फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।  साधारण सभामा कम्पनीले सेयरधनीहरुका लागि ४.२१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

यसैगरी, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। नियामक निकाय बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो।

त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस