HPPL 316.3 -3.6 TRH 1118 -5 MFIL 768 48 FMDBL 758 -0.1 RLFL 625 6.9 SLCF 9.21 -0.1 SDBD87 1035 4 PMHPL 260 -4 MBLD2085 1085 6.5 JBBL 351 -3.1 NIL 912 8 KSY 9.22 -0.19 MLBL 398 -6.9 MSHL 938 3 GIBF1 9.69 0.1 IGI 600 -4 DLBS 1374 30 DORDI 429 -3.3 OHL 925 -9 LBBLD89 1208.5 23.5 SALICO 747 -9.1 SIFC 628 10 RHGCL 388 0 KBLD86 1115 0 SHINE 473 -1.8 ALBSL 1040 -4 PRSF 9.54 -0.11 GUFL 735 5 NBF3 9.04 0.17 SPIL 853 -18 CLI 634 -4.9 NICL 990.2 -4.8 LBLD86 1081 -0.2 NHDL 570 0 RBCL 17071 -109 CORBL 958.8 -10.2 GBILD86/87 1030 4 CYCL 1540 -7 SCBD 1111 6 NGPL 472 -2.9
×
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ।

आवेदकले आज कार्यालय समयभित्र यसमा आवेदन दिनु पर्नेहुन्छ। सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको हो। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यस आइपीओमा मागभन्दा १०.२० गुणा बढी आवेदन परेको छ। मंगलबार बिहान सम्म १० अर्ब २२ करोड ३४ लाख बढीले आवेदन दिएको सीडीएसको तथ्यांकले देखाएको छ। उक्त तथ्यांक अनुसार ५ लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिइएको छ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेगतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस