×
Lagani
Lagani Shiksha gif
स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्दै



स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ।

सभा फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।  साधारण सभामा संस्थाले कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। सभामा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ।

Lagani Shiksha gif
sharehubapk स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्दै

थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ। बुक क्लोजभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस