×
आइतबार निष्कासन हुदै नयाँ आईपियो , कति दिने आवेदन ?



भरतपुर , १० फागुन । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।

यस सिमेन्टले पिहलो पटक बुक बिल्डिङमार्फत फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणहरुका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ सेयर भाउमा आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Yesmali Daya
Guest
Yesmali Daya
February 22, 2024 11:20 am

1000 le ipo bharne harulai ta garo bho ni ta paisa hunelai matra hunne bhayo


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस