NIBLGF 9.1 0.38 SDBD87 1035 4 SEF 9.51 -0.24 SRLI 443.1 -4.9 SSHL 215 0.8 RBCL 17071 -109 GUFL 735 5 NMB50 10.3 0.05 C30MF 9.74 0 LSL 253.5 -5.5 SMATA 875 -16 SONA 473.2 -7.8 KMCDB 1027.8 -11.1 MKHC 339 -1 NBL 292.2 1.2 SHL 512 -4.5 TRH 1118 -5 LBBL 475 -4.8 GBLBS 738 -10 HEI 648 -10 SLCF 9.21 -0.1 SPDL 310 5 SFCL 704.1 63.6 MPFL 751 5 MCHL 488.3 -3.7 KRBL 613 0 KBSH 2386 -9 GLH 244 -2 SMPDA 910 -1 UPCL 262.2 -2.7 MND84/85 1030 2 MLBL 398 -6.9 MLBS 1532.3 -86.7 NICSF 9.5 0.25 ANLB 4453.1 47 DLBS 1374 30 KBLD89 1156 1 PHCL 465.1 -9.9 EHPL 840 7.9 GBBL 447 -6
×
राउटेको जनसंख्या १४४ पुग्यो , दुई महिनामै १० ठाउँमा सरे



फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूकाे संख्या बढेको छ । पछिल्लाे समय याे समुदायमा मृत्युदर बढी रहे पनि जनसंख्यामा पनि वृद्धि भएकाे देखिएकाे छ । जारी जनगणनामा उनीहरूकाे गणना भएकाे हाे ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको यो समुदाय  कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जाति हो । यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-१ वालुबासग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही वडाको घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय ४६ घरधुरी रहेका राउटेको संख्या १४१ थियो ।

एक सातायता राउटेहरू नगरको वडा नम्बर ३ काँरागाउँमा सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको हे । याे क्रममा राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरी १४४ पुगेकाे गणक टोलीले बताएको छ । राउटे समुदायमा पुगेर गण टोलीले दुई दिन लगाएर गणना गरेकाे हाे । राउटे बस्तीमा उनीहरूको विवरण संकलन गर्न दुई दिन लागेकाे स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले बताए ।

खानपानको शैली बदलियो 

पहिलेको तुलनामा अहिले राउटेको खानपिनको शैलीमा परिर्वतन आएको छ । पहिले वन जंगलमा पुग्दै वनको कन्दमूल खाने, बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे आजभोलि यसरी खान छोडेका छन् । योसँगै उनीहरूको बस्ने शैलीमा पनि परिर्वतन भएकाे छ । पहिले पहिले बाक्लो समाज मन नपराउने र समाजका मानिसहरूबाट टाढा रहने यो समुदाय आजभोलि समुदाय नजिक बसोबास गर्न थालेका छन् ।

गत मंसिरयता १८ राउटेको मृत्यु 

लोपाेन्मुख राउटे समुदाय सल्यानमा बसाइँ सरेपछि उनीहरूको मृत्युदरमा केही कमी आएको छ । गतवर्ष मंसिरदेखियता मात्र १८ राउटेको मृत्यु भएको थियो । पछिल्लो समयमा मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको देखिन्छ ।

गणनामा केहीको संख्या बढेको भए पनि वर्षेनी राउटेको संख्या घट्दो छ । सरकारले दिने भत्ता उनीहरू रक्सीमा खर्च गर्ने गरेकाे देखिन्छ । आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो छिटो बसाइँ सर्ने गर्छ ।

दुई महिनामै १० ठाउँमा सरे

जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटेहरु पछिल्लो दुइ महिनामा मात्र १० वटा ठाउँमा सरिसकेका छन् । पछिल्लो दुई महिनामै उनीहरु १० ठाउँमा बसाइँ सरिसकेका छन्। उनीहरुको रुढिवादी चिन्तनका कारण राउटेको गणना गर्न सहज भने थिएन । यद्यपी लामो प्रयास गरेर गणक टोलीले राउटेको गणना गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस