×
Lagani
Lagani Shiksha gif
सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयर निष्कासन मिति सार्बजनिक।



भरतपुर , १७ माघ । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीले फागुन २ गतेदेखि १:१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।  यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।

यस सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको भुमिका निर्वाह गर्नेछ। उक्त सेयरमा आवेदन दिनको लागि कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन्। सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस