HEIP 381.8 20.8 EBL 605 5 SMJC 574 -6 SICL 832 0 NICL 990.2 -4.8 RHPL 364 -5.2 KKHC 260 -2 BHL 440 -13 SIGS2 10.05 0 ALBSL 1040 -4 BGWT 934.9 -21.1 RADHI 397.9 7.9 DLBS 1374 30 SINDU 667 -6 NRIC 803 -5 PBD88 1102.1 2.1 ILI 483.5 -2.5 BPCL 449 -7 PBD85 1079.9 19.9 NICGF2 8.78 -0.02 NLICL 606 -4 PBD84 1065 1.7 UMRH 475 -1.9 SANIMA 326 -10.2 SLBSL 1398.4 21.4 UPCL 262.2 -2.7 SFMF 10.2 -0.2 RBCLPO 12300 88 MHCL 410 -7 TSHL 909 -11 SWMF 812 -13 HBL 260 -13 NSIF2 10.52 0.02 EHPL 840 7.9 DHPL 242 1 SHEL 242.9 -4.7 SIFC 628 10 JSLBB 1513.9 38.9 CIZBD90 1081 1 SGIC 641.2 -4.8
×
सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयर निष्कासन मिति सार्बजनिक।



भरतपुर , १७ माघ । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीले फागुन २ गतेदेखि १:१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।  यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।

यस सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको भुमिका निर्वाह गर्नेछ। उक्त सेयरमा आवेदन दिनको लागि कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन्। सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस