सामलिङ्ग पावर कम्पनी लिमिटेडको आज पहिलो कारोबार भएको छ।
कम्पनीको आज माथिल्लो रेन्जमा पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज रू. ९८ दशलमव ७७ देखि २९५ दशमलव ३१ तोकेको थियो ।

कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरेको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।
कम्पनीले ४ कात्तिकदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण गरिएको थियो ।













