×
पूर्वाधार क्षेत्रमा लगानी गर्ने कम्पनीले करिब ८ अर्बको IPO निस्कासन गर्ने



गैरआवासीय नेपाली संघले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त कोषका लागि गैरआवासीय नेपाली संघले केही दिन अघि कम्पनी दर्ता समेत गरिसकेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया रहेको बताउँदै छिट्टै दर्ता भई काम सुरु हुने बताए। कोषमा नेपाल सरकारले पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक सहयोग गर्ने बताए ।

पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ ।गैरआवासीय नेपालीहरुले लगानीका लागि आइपीओ जारी हुनेछ । विदेशमा रहेका नेपालीका लागि साढे आठ अर्ब रुपैयाँको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारि रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस