×
यी तिन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन , कतै तपाइले छुटाउनु त् भएन ?



स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हाे । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ ।

बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी तीन दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको प्रस्ताव पारित गर्न बैंकले २८ मंसिरमा ३५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

सभा बैंकको आफ्नै प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे सुरु हुनेछ ।  सभामा बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित हुनेछ।

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा  बुक क्लोज गर्दैछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित २९ मंसिरको बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभामा भर्चुअल तथा भौतिक उपस्थिति माध्यमबाट समेत सहभागिता जनाउन सकिनेछ ।

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र करसहित चार प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । त्यसैगरी, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

प्राइम लाइफ इन्स्याेरेन्सको १५ दशमलव ८७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । इन्स्याेरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा गते बुक क्लोज गर्दै छ ।

प्राइम लाइफले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १९ मंसिरको दिउँसो २ बजे १४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले हाल काम चुक्ता पुँजी दुई अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनार्थ एक करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस