×
Lagani
Lagani Shiksha gif
नेको इन्स्योरेन्सको माघ १२ गते साधारण सभा, के के छन् एजेण्डा ?



नेको इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ १२ गते बोलाएको छ ।

नेको इन्स्योरेन्सले लगानीकर्ताहरुका लागि लाभांश वितरण नगर्ने भएको छ ।  सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ ।

कम्पनीको एजेण्डामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुने साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को छ । सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ ।

पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस