सामलिङ्ग पावरको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

बुधवार सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको सिम्बोल एसपिसी रहेको छ । मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बिहीवारबाट कारोबारमा आउन लागेको हो ।

कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरेको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले ४ कात्तिकदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण गरिएको थियो ।

कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज रू. ९८ दशलमव ७७ देखि २९५ दशमलव ३१ तोकेको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।