NHDL 570 0 SIGS2 10.05 0 AHL 651 2 KMCDB 1027.8 -11.1 NICAD8283 1169.8 86.8 KBSH 2386 -9 MFIL 768 48 SMHL 613.1 -4 RLFL 625 6.9 MHCL 410 -7 SFCL 704.1 63.6 MERO 760 0.5 UNLB 2527 -3.9 PRIN 968 4 SMB 1809 4 NBF2 9.15 -0.05 SALICO 747 -9.1 LBBLD89 1208.5 23.5 SGHC 393.6 0.1 SPHL 666.9 16.9 SAGF 9.31 0.01 MMKJL 543.6 9.6 SRLI 443.1 -4.9 CITY 805 -17 MLBL 398 -6.9 NBL 292.2 1.2 NICD88 1032 -21 MEHL 380.1 -19.9 EHPL 840 7.9 MANDU 885 -14 SRBLD83 1065 -10 WNLB 2650 -80 GBIME 256.1 -4.4 MNBBL 395.8 -0.8 GILB 1268.4 4.4 MLBBL 1635 15 UHEWA 476 -11 NESDO 2229 -18 NICL 990.2 -4.8 ILI 483.5 -2.5
×
सर्वोत्तम सिमेन्टको आईपियो निष्कासन मिति सार्बजनिक , कम्तिमा १८ हजारको आवेदन दिनु पर्ने।



सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ आईपीओ विक्री गर्ने भएको छ ।

कम्पनीले उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा उक्त आईपियो निस्कासन गर्न लागेको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दा त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाले प्रभावित क्षेत्रका स्थानीयमा जारी भएको आईपीओमा आवेदन दिन सक्ने छन्।

नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आईपीओ जारी गरेको कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ विक्री गरेको  थियो भने दोस्रो चरणको लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तोकिएको छ। यो आईपियोमा न्युनतम ५० किताको लागि आवेदन दिनु पर्ने छ। जसले गर्दा आवेदन दिन कम्तिमा १८ हजार ४५ रुपैया चाहिने हुन्छ।

लगानीकर्ताले यो आईपियोमा माघ १० गते सम्म आवेदन दिन सक्ने छन्। तर उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूको हकमा पुरा आवेदन नपरेमा ढिलोमा माघ २५ गतेसम्म विक्री लम्बिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सहनिष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस