×
Lagani
Lagani Shiksha gif
कतिमा हुदै छ त्रिशुली जलविद्युतको नेप्सेमा पहिलो कारोबार ?



नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मंगलबार त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर आजदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।   कम्पनीले सर्वसाधारण शेयरधनीहरु (कर्मचारीहरु समेत) मा वितरण गरेको ३७ लाख ५ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ४८ लाख कित्ता गरेर कुल १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

Lagani Shiksha gif
sharehubapk कतिमा हुदै छ त्रिशुली जलविद्युतको नेप्सेमा पहिलो कारोबार ?

नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ८९ दशमलव ३८ देखि २६८ दशमलव १४ ओपन रेञ्ज पाउने देखिएको छ । सोही रेञ्जको आधारमा कम्पनीको शेयर बुधवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको स्टक सिम्बोल टिभिसीएल रहेको छ । शेयर सूचीकरण पश्चात दिनु पर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस