SCBD 1111 6 PRVU 248 -10 RURU 740 -9.8 BHPL 655.1 -12.7 CHL 353 0.4 GHL 218.5 -1.1 SLCF 9.21 -0.1 SMH 1064.8 5.9 AVYAN 909 -6 NICGF 10.56 -0.28 MKCL 1497 -26 GILB 1268.4 4.4 SADBL 419 -1 NESDO 2229 -18 ENL 1102 -18 CORBL 958.8 -10.2 DHPL 242 1 PMHPL 260 -4 SALICO 747 -9.1 MLBS 1532.3 -86.7 MLBL 398 -6.9 GMFIL 623 1 GBBLPO 205 0 DLBS 1374 30 MNBBL 395.8 -0.8 NICFC 8.97 -0.33 HLBSL 1010 -10 BHL 440 -13 MPFL 751 5 HHL 439 -3.2 LICN 1995.9 -27.1 MFLD85 1050 -20 UHEWA 476 -11 NLG 1317 2 PPL 461 -2.5 ILBS 980 -21.5 NYADI 305.4 -6.6 NFS 1350 -43 SMB 1809 4 SIKLES 707 -3
×
३ हजार मेट्रिक टन चिनी बजारमा पठाइयो, किलोको १ सय १७ भन्दा बढीमा बेच्नेलाई कारबाही हुने।



तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ ।

विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारी मार्फत बजारमा पठाउन लागिएको हो ।

बिहीबार गुह्येश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले बताए । शुक्रबार काठमाडौंका भित्री सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उनले जानकारी दिए ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ बिक्री गर्नेछन्। ‘हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन ।’

सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उनको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन्। वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताए । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस