×
आज कस्तो छ मौसम ? प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना



देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार विहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने विभागले जनाएको छ ।

प्रदेश १ का केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस