KRBL 613 0 NWCL 975 -13.9 NMB50 10.3 0.05 ACLBSL 1035 0 GRDBL 743 5 CHCL 568.9 -8.1 NHDL 570 0 NBF2 9.15 -0.05 SCBD 1111 6 SLBSL 1398.4 21.4 NSIF2 10.52 0.02 SMH 1064.8 5.9 MKCL 1497 -26 MAKAR 500 6 JFL 655 6 NFS 1350 -43 HIDCL 270.7 -4.1 CMF1 10.5 -0.2 HDL 1423.1 49.1 SPIL 853 -18 MEL 292 2 SAHAS 505 28 SBLD89 1200 16.1 KPCL 493 -0.8 MFLD85 1050 -20 NIBLSTF 8.68 0 PBLD87 1028 -2 CBBL 980 1 CIT 2195 0 SLBBL 958.9 -4.2 MHNL 265.5 -0.5 SAEF 11.22 0.17 HEI 648 -10 SMHL 613.1 -4 CHDC 1684 -35.9 NIBD84 1030 -20 NIL 912 8 NLG 1317 2 SNMAPO 190 0 KSBBLD87 1093.4 18.4
×
सोनापुर मिनरल्सको आइपीओको नतिजा सार्बजनिक , यहाँबाट हेर्नुहोस।



सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट  https://iporesult.cdsc.com.np   बाट हेर्न सकिनेछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस