×
Lagani
Lagani Shiksha gif
सोनापुर मिनरल्सको आइपीओको नतिजा सार्बजनिक , यहाँबाट हेर्नुहोस।



सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

Lagani Shiksha gif
sharehubapk सोनापुर मिनरल्सको आइपीओको नतिजा सार्बजनिक , यहाँबाट हेर्नुहोस।

यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट  https://iporesult.cdsc.com.np   बाट हेर्न सकिनेछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस