UNL 48870 -930 KKHC 260 -2 GCIL 498 -5.8 TRH 1118 -5 CZBIL 242 -10 PROFL 655 7 SPDL 310 5 PPL 461 -2.5 MHNL 265.5 -0.5 PBLD87 1028 -2 MND84/85 1030 2 PBD85 1079.9 19.9 SLCF 9.21 -0.1 BNT 14350 -50 BHPL 655.1 -12.7 ALBSL 1040 -4 TPC 465 6 RURU 740 -9.8 NICD83/84 1062 -19 SCB 691.1 3.6 GBBLPO 205 0 NBL 292.2 1.2 MSHL 938 3 SIGS3 9.45 0.09 USHL 783.2 -13.7 GRDBL 743 5 NTC 980.1 -2.4 NSIF2 10.52 0.02 SHPC 525 -3.9 NICGF 10.56 -0.28 HRL 861 -4 SPIL 853 -18 AKJCL 209 -3 AVYAN 909 -6 HLBSL 1010 -10 NLIC 814 -13.4 SHLB 1886.9 1.9 NICSF 9.5 0.25 SMH 1064.8 5.9 SLBBL 958.9 -4.2
×
नेपाल वेयरहाउजिङ्गले पायो आईपियो निष्काशन गर्ने अनुमती।



नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले हिमालयन क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धक्त्वमा सर्वसाधारणका लागि १३,६५,००० कित्ता साधारण शेयर अंकित मूल्य रु १०० का दरमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट २०८०।०६।१० मा स्वीकृति प्राप्त गरेको छ । पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ।

यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षमताको साइलो जडान भईरहेको छ, र सोसमेत पौष महिनासम्ममा संचालनमा आउने छ ।

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।

कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेकोछ।अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा महत्वपुर्ण स्थानहरु  सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ।कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ।साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु १६२.७५ करोड रहेकोमा सो लगानी मध्ये रु ९४ करोड ऋण र बाँकी स्वपुँजी बाट परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषी विकास बैंकको सहबित्तियकरणमा गरिएको छ।यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषी,  हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेत लगायतका लगानीकर्ताहरुबाट लगानी जुटाईकोछ। यस कम्पनीको हालको चुक्ता पुजी रु ५५ करोड रहेकोमा साधारण निष्काशन बाट रु १३.७५ करोड जुटाईने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस