MHCL 410 -7 SPIL 853 -18 SINDU 667 -6 BEDC 470 0 SMHL 613.1 -4 GVL 538.5 -22 NICLBSL 705.5 -7.5 PCBL 292 -2 SJLIC 477 -7.5 BOKD86 1040 18 MLBL 398 -6.9 UPPER 214.2 -1.8 RHPL 364 -5.2 UHEWA 476 -11 ULBSL 3199 37 HLI 472 -4 ALBSL 1040 -4 ICFC 823.9 74.9 IGI 600 -4 RLFL 625 6.9 PRIN 968 4 MMKJL 543.6 9.6 MNBBL 395.8 -0.8 MEN 631.1 -3.9 NIBLGF 9.1 0.38 NFS 1350 -43 MEL 292 2 RURU 740 -9.8 API 289.5 2.5 SARBTM 765 -5 MATRI 1405 -8 SWBBL 1065 2.1 LSL 253.5 -5.5 GBBL 447 -6 PHCL 465.1 -9.9 UNL 48870 -930 NGPL 472 -2.9 LBLD86 1081 -0.2 SHEL 242.9 -4.7 VLBS 902.5 -7.5
×
पुराना दललाई रविको चेतावनी : ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु।



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन्।

पुराना दललाई सहमतीय सरकार बनाउन अपिल गर्दै उनले आफ्नो पार्टीले प्रतिपक्षी मोर्चा सम्‍हाल्ने बताएका छन्।शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनै पर्ने बताएका छन्।

उनले लेखेका छन्-

सम्पुर्ण पुराना दलहरुलाई अपिल:

देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।
तर “मिशन ८४” भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन।

तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता।

जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस