×
Lagani
Lagani Shiksha gif
हकप्रद शेयर निष्काशन गर्दै खानीखोला हाइड्रोपावर।



सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडबीच धुम्बाराही, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमस- ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस