×
अष्ट्रेलियामा नेपालको स्वाद चखाउदै दुई नेपाली विद्यार्थीले खोलेको माउन्टेन यती।



अष्ट्रेलियाको राजधानी क्यानबेरामा भर्खरै स्थापना भएको माउन्टेन यति ब्रुइङ कम्पनीले क्राफ्ट बियरको क्षेत्रमा आफ्मो पहिचान बानाउने प्रयासमा छ।

दुई नेपाली विद्यार्थीले स्थापना गरेको यो ब्रुवरिले नेपालको स्वादलाई अष्ट्रेलियामा समावेस गर्ने लक्ष्य राखेको छ। माउन्टेन यतिले नेपालमा निकै प्रचलित भिर माहुरिको मह र बियरको समिश्रण सहितको बियर ‘हनि हन्टर पिल्सनर’ बजारमा ल्याएको थियो जुन निकै रुचाईएको छ।

नेपाली समुदायको चाडपर्व नजिकिँदै गर्दा माउन्टेन यती ब्रुइङ कम्पनीले आफ्नो नयाँ उत्कृष्ट प्रडक्ट “लखे एक्सपीए” बियर सार्वजनिक गरेको छ । अष्ट्रेलियाको माटोमा नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने ब्रुअरीको प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ।

तर माउन्टेन यति ब्रुइङ कम्पनी बियरमा रोकिएको छैन। यी युवा उद्यमीहरू आफ्नो समुदायलाई अगाडि ल्याउने मिशनमा छन्। एक ग्राउन्डब्रेकिङ चालमा, तिनीहरूले विशेष गरी नेपाली समुदायका लागि बनाइएको पहिलो प्रिमिक्स भोड्का “हट माइचा शट” को प्रक्षेपण गरेर नयाँ प्रडक्ट लाइनअप अघि सारेका छन्।

प्रवासमा बसेर भएपनी नेपाली पहिचान सहितको बियर कम्पनी खोलेर केही नवीन प्रयास गरेका यी युवा उधमीहरुले छिट्टै आफ्ना प्रोडक्ट नेपाली बजारमा पनि भित्राउने तयारिमा जुटेका छन्

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस