NHDL 570 0 MANDU 885 -14 NLO 242.1 0 KSBBL 448 -3 BOKD86 1040 18 SPDL 310 5 PSF 9.51 -0.09 RHGCL 388 0 SHIVM 599 -8 MEHL 380.1 -19.9 NICLBSL 705.5 -7.5 CITY 805 -17 HLI 472 -4 MSHL 938 3 CMF1 10.5 -0.2 MLBL 398 -6.9 RBCLPO 12300 88 EBL 605 5 UMRH 475 -1.9 MHCL 410 -7 ENL 1102 -18 SMB 1809 4 GBIME 256.1 -4.4 SLCF 9.21 -0.1 NICL 990.2 -4.8 UPCL 262.2 -2.7 TSHL 909 -11 NICA 452 -13 PPL 461 -2.5 PRSF 9.54 -0.11 CORBL 958.8 -10.2 NABIL 594 3 KMCDB 1027.8 -11.1 HHL 439 -3.2 STC 5908 9 AKJCL 209 -3 SINDU 667 -6 NBLD85 1025 0 BNHC 466.9 0.7 GRDBL 743 5
×
मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन।



मल्टीपर्पस फाइनान्सको ३०% हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ ३१ गते) अन्तिम दिन हो ।

आइतबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । यस फाइनान्सले भदौ १० गतेदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यस हकप्रद सेयरलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन सिङ्गल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस हकप्रदमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

आवेदकले यस हकप्रदमा मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस