NMBMF 695 -10 MATRI 1405 -8 PBD85 1079.9 19.9 HBLD83 1056.3 0.3 NFS 1350 -43 GUFL 735 5 LSL 253.5 -5.5 CFCL 647 27.1 NYADI 305.4 -6.6 SADBL 419 -1 CORBL 958.8 -10.2 SALICO 747 -9.1 LBLD86 1081 -0.2 MFLD85 1050 -20 MBJC 321 -8 NUBL 730 2.8 AVYAN 909 -6 BNT 14350 -50 SIKLES 707 -3 NIMBPO 176.9 -1.1 KBLD89 1156 1 HPPL 316.3 -3.6 GLBSL 1600.4 -29.6 KDL 1059 16 KRBL 613 0 GBBL 447 -6 CCBD88 1123.1 6.1 SICL 832 0 VLUCL 588 -1.9 LUK 9.21 -0.09 API 289.5 2.5 NIL 912 8 KKHC 260 -2 ALBSL 1040 -4 SBLD84 1040 19.3 PFL 652 -1 MMKJL 543.6 9.6 CMF2 9.21 -0.1 IGI 600 -4 NBLD87 1020 -8
×
भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट



भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका  लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।  योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट साथै,  भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस