VLUCL 588 -1.9 KEF 9 0.28 SONA 473.2 -7.8 PMLI 562 1 USLB 1467 -2.9 AVYAN 909 -6 SALICO 747 -9.1 USHL 783.2 -13.7 PBD85 1079.9 19.9 EBLD85 1105 5 PBLD87 1028 -2 SIKLES 707 -3 HBLD83 1056.3 0.3 RFPL 532 11.1 BHDC 583 5.4 HBL 260 -13 MBL 255 -4 AKJCL 209 -3 SIGS2 10.05 0 JBLB 1534 -3 WNLB 2650 -80 BFC 625 9.1 NBF3 9.04 0.17 SGHC 393.6 0.1 CZBIL 242 -10 LEC 276.8 -6 KBLD89 1156 1 JBBL 351 -3.1 NRM 426.1 -4.9 CKHL 632 -8 PCBL 292 -2 USHEC 523 -7 ALICL 714.5 -1.2 CITY 805 -17 LLBS 1050 5 IHL 499 -1 CMF1 10.5 -0.2 NICBF 9.3 -0.08 MERO 760 0.5 NLG 1317 2
×
चिरख्वा हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने



चिरख्वा हाइड्रोपावरले आज साउन २८ गते आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १०% अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको छ ।

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गरेको हो । यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०% अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको आइपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस