NBL 292.2 1.2 NMFBS 1435 1 HEI 648 -10 PMHPL 260 -4 KDL 1059 16 NFS 1350 -43 MMF1 8.98 0.1 MATRI 1405 -8 RSDC 735 0 GBILD86/87 1030 4 AVYAN 909 -6 UNHPL 266 0 SNMAPO 190 0 USHEC 523 -7 GILB 1268.4 4.4 NMB50 10.3 0.05 CHL 353 0.4 DLBS 1374 30 PBD84 1065 1.7 NIBD84 1030 -20 NICFC 8.97 -0.33 NADEP 1030 -55 GLBSL 1600.4 -29.6 UMRH 475 -1.9 NIFRA 280 -5 MBL 255 -4 JBBL 351 -3.1 CIZBD86 1060 -10 MHNL 265.5 -0.5 CFCL 647 27.1 CZBIL 242 -10 SNLI 585.1 -0.9 LLBS 1050 5 KMCDB 1027.8 -11.1 RHGCL 388 0 TPC 465 6 SMFBS 1505.2 6.2 PBD85 1079.9 19.9 ANLB 4453.1 47 SAHAS 505 28
×
कहिलेदेखि खुल्छ अपि पावरको ४० प्रतिशत  हकप्रद सेयर ?



अपी पावर कम्पनीले ३१ साउनदेखि ४०प्रतिशत  हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Prithu Ghimire
Guest
Prithu Ghimire
August 10, 2023 12:16 pm

राम्राे

लक्स सुबेदि
Guest
लक्स सुबेदि
August 10, 2023 11:58 am

वाईयात समाचार, मुख्य शीर्षक अनुसार को समचार हुनु पर्यो नि। खुल्ने दिन कहिले बाट ????

हरिशरण
Guest
हरिशरण
August 11, 2023 5:25 pm

साउन ३१ गतेबाट भनेको छ त ।



ताजा समाचार

लोकप्रिय
सिफारिस