NMB50 10.3 0.05 KBLD86 1115 0 NICLBSL 705.5 -7.5 MHNL 265.5 -0.5 LEC 276.8 -6 MKHL 493 -6 GCIL 498 -5.8 SLBSL 1398.4 21.4 JSLBB 1513.9 38.9 NESDO 2229 -18 NBL 292.2 1.2 PRIN 968 4 BHDC 583 5.4 SDBD87 1035 4 KEF 9 0.28 SHINE 473 -1.8 HEIP 381.8 20.8 NBBD2085 1100 0 SFCL 704.1 63.6 HLI 472 -4 KBL 234 -6.9 SNLI 585.1 -0.9 MANDU 885 -14 MND84/85 1030 2 TPC 465 6 RBCL 17071 -109 PRVU 248 -10 SFMF 10.2 -0.2 MDB 630 -3.8 VLBS 902.5 -7.5 C30MF 9.74 0 SANIMA 326 -10.2 RNLI 495.5 1.5 MLBS 1532.3 -86.7 RMF2 9.21 -0.13 PBD88 1102.1 2.1 GRDBL 743 5 CZBIL 242 -10 EBLD85 1105 5 KSBBLD87 1093.4 18.4
×
खुल्यो नेपाल एसबीआई बैंकको ऋणपत्र।



नेपाल एसबीआई बैंकले आज (साउन १८ गते) देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।

योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।  यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस