PSF 9.51 -0.09 KRBL 613 0 HIDCLP 183 -2 UNLB 2527 -3.9 PROFL 655 7 KMCDB 1027.8 -11.1 ULBSL 3199 37 NABIL 594 3 BGWT 934.9 -21.1 MATRI 1405 -8 SDBD87 1035 4 MLBBL 1635 15 SBID83 1098 8.7 SPL 813 -12.1 SHIVM 599 -8 SGHC 393.6 0.1 SMH 1064.8 5.9 RLFL 625 6.9 HLBSL 1010 -10 PBLD87 1028 -2 BHPL 655.1 -12.7 MBJC 321 -8 NLICL 606 -4 SGIC 641.2 -4.8 MEL 292 2 SHLB 1886.9 1.9 NMLBBL 769 -11 NICD88 1032 -21 SLBBL 958.9 -4.2 RURU 740 -9.8 MPFL 751 5 MKHL 493 -6 MSLB 1564 -70 SCBD 1111 6 SJCL 326 -3.7 KDBY 9.21 -0.23 SADBL 419 -1 SHL 512 -4.5 EDBL 645 -1.9 PBD84 1065 1.7
×
साउन १४ गतेदेखि आइपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर।



मीड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो । हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १०% अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको छ ।

यस कम्पनीले १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई जारी गर्न लागेको हो । योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३,४,५,६, ७ र ११ का बासिन्दाहरुलाई निष्कासन गर्न लागेको हो ।

त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ । यता, सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये १०% अर्थात ७४ हजार ८४० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले यस कम्पनीको आइपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले यस आयोजनाको आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस