


घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले असार २१ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यस अघि जेठ ३२ गतेदेखि असार ४ गतेसम्म निष्कासनकै क्रममा स्थगित भएको आईपीओ पुनः खुला गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार २५ गतेसम्म मात्र आईपीओ विक्री खुला गर्न लागेको हो । यस अवधिभित्र माग बमोजिम आवेदन नपरेको भए भने असार ३१ गतेसम्म विक्री खुला गर्ने मिति कम्पनीले तय गरेको थियो ।
कम्पनीले सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
फिर्ता को लागि निवेदन दिएको अहिले सम्म पनि पैसा आको छैन त??
यदि समस्याको समाधान नभएमा राष्ट्रबैंकमा उजुरी दिन सक्नु हुने छ। https://gunaso.nrb.org.np/complain