×
Lagani
Lagani Shiksha gif
एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट



राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गथ्र्यो । अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरको औसत लिएर तय गरिन्छ ।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो । बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर (चैत, वैशाख र जेठ) को १०.३४ प्रतिशतमा आएको छ । फागुन, चैत र वैशाखको औसत आधारदर १०.४४ प्रतिशत थियो ।

Lagani Shiksha gif
sharehubapk एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट

यसअवधिमा तीन वाणिज्य बैंकहरुको औसत आधारदर एकल अंकमा रहेको छ । एकल अंकमा आधार दर हुनेमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड र नेपाल बैंक रहेको छ । सबैभन्दा कम औसत आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८.२४ प्रतिशत छ । स्टान्डर्ड चार्टर्डको ९.२९ प्रतिशत र नेपाल बैंकको ९.५५ प्रतिशत औसत आधारदर रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिने गर्छन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ भने बेस रेट घट्दा ब्याजदर पनि घट्दै आउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस