SAEF 11.22 0.17 MKCL 1497 -26 SAPDBL 569.6 -7.4 GILB 1268.4 4.4 JBBL 351 -3.1 UNHPL 266 0 NIBD2082 1099 0 MEN 631.1 -3.9 SADBL 419 -1 GIBF1 9.69 0.1 RHPL 364 -5.2 SJLIC 477 -7.5 EBLD86 1040 -2 NADEP 1030 -55 USHEC 523 -7 NICAD8283 1169.8 86.8 LBBLD89 1208.5 23.5 RMF2 9.21 -0.13 CIZBD90 1081 1 SAMAJ 3321.1 1.1 MBL 255 -4 NICGF2 8.78 -0.02 NHDL 570 0 HRL 861 -4 UNL 48870 -930 MANDU 885 -14 SPC 520 5 SCBD 1111 6 KDL 1059 16 SPDL 310 5 SBCF 9 -0.2 RIDI 235 0 FOWAD 1479 0 SRBLD83 1065 -10 GCIL 498 -5.8 SDBD87 1035 4 CFCL 647 27.1 UMRH 475 -1.9 SARBTM 765 -5 NSIF2 10.52 0.02
×
एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट



राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गथ्र्यो । अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरको औसत लिएर तय गरिन्छ ।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो । बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर (चैत, वैशाख र जेठ) को १०.३४ प्रतिशतमा आएको छ । फागुन, चैत र वैशाखको औसत आधारदर १०.४४ प्रतिशत थियो ।

यसअवधिमा तीन वाणिज्य बैंकहरुको औसत आधारदर एकल अंकमा रहेको छ । एकल अंकमा आधार दर हुनेमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड र नेपाल बैंक रहेको छ । सबैभन्दा कम औसत आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८.२४ प्रतिशत छ । स्टान्डर्ड चार्टर्डको ९.२९ प्रतिशत र नेपाल बैंकको ९.५५ प्रतिशत औसत आधारदर रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिने गर्छन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ भने बेस रेट घट्दा ब्याजदर पनि घट्दै आउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस