सामान्यतय अहिलेको समयमा सर्बसाधारणको लागि निष्कासन गरिने प्राथमिक सेयर ४ दिन भन्दा बढी खुल्दैन।
तर माग भन्दा बढी आवेदन पर्दा पनि प्रिमियम भाउमा खुला भएको घोराही सिमेन्टको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्याइएको कम्पनीले दाबी गरेको छ । तर यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगावै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले बताएको छ ।
तर कम्पनीले यस्तो भनि रहदा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक सेयर (आइपिओ) भरेमा कारबाही हुने भन्दै सुचना निकालेको छ। यसबारे प्रष्टसंग बुझ्दा बैंक खातामा पर्याप्त रकमविना नै ६ जनाले उक्त कम्पनीको सेयरमा माथिल्लो सिमा अर्थात १० लाख कित्ता सेयरको आवेदन दिएको पाइयो। कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन ‘रिजेक्ट’ भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले जनाएको छ ।
स्थानीय र कम्पनीकै कर्मचारीले बहिस्कार गरेको उक्त आईपियोमा बढी माग परेको देखाएर आईपियो बिक्रि गराउन यस्तो गरेको प्रस्ट बुझ्न सकिन्छ। माग बमोजिम आवेदन पर्दा पनि म्याद थप्नु भनेको कम्पनीले नै जालझेल गर्न खोजेको भन्ने बुझिन्छ। किनभने ६० लाख कित्ता आवेदन दिनेको खातामा प्रय्प्त रकम नभएको हुदा उक्त आवेदन रद्द हुने हुदा आईपियो पुरै बिक्ने छैन। भित्र भित्रै चलखेल भएको हुन सक्ने अनुमान गर्न सकिन्छ।
हाल कम्पनीको आईपियोमा २ करोड ३३ लाख भन्दा बढी आवेदन परेको छ जुन आवेदन करिब साढे ५ लाख लगानीकर्ताले दिएका हुन्। यो हिसाबले भन्नुपर्दा औसतमा एकजनाले ४२ कित्ता आवेदन दिएको भन्ने देखिन्छ। समन्यातया कुनैपनि कम्पनीको आईपियोमा यस्तो किसिमको आवेदन देखिने गरेको थिएन।
त्यसैत् यस्तो खराब कम्पनीलाई प्रिमियममा आईपियो निष्कासन गर्न दिने बोर्डकै नियत माथि प्रश्न गर्नुपर्ने देखिन्छ। सम्बन्धित निकायले यसबारेमा अनुसान्धान गरि कारबाही गर्नु जरुरि छ।
कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गरेको हो ।
घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
केयर नेपालले घोराही सिमेन्टलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले सन् २०२२ जुलाई २२ गते यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ जुलाई १३ गतेसम्म बाहल रहनेछ ।