×
Lagani
Lagani Shiksha gif
अब सय रुपैयाँमा कम्पनी खोल्न मिल्ने।



सरकारले सय  १ रुपैयाँमा कम्पनी खोल्न मिल्ने व्यवस्था लागु गर्ने भएको छ।

संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षकाे बजेटमा १ सय  रुपैयाँ लगानी गरेरै कम्पनी खोल्न मिल्ने व्यवस्था लागु गर्ने बताएका छन् । न्यूनतम एक सय रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिन लागिएको हो।

Lagani Shiksha gif
sharehubapk अब सय रुपैयाँमा कम्पनी खोल्न मिल्ने।

अब नयाँ उद्योग दर्ता गर्दा र नवीकरण गर्दा कुनै पनि शुल्क नलाग्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइएको सरकारले जनाएको छ।

‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ, न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरिनेछ, अर्थमन्त्री महतले भने,  ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ। विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाइने छ।’ उनले भने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस