×
Lagani
Lagani Shiksha gif
रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वाेच्चमा रिट



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वाेच्च अदालतमा बुधबार रिट दर्ता भएको छ ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वाेच्चमा रिट

यसअघि सफल दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरी कायम नरहेको नागरिकताको प्रतिलिपी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएर निर्वाचित भएको प्रतिनिधिसभा सदस्य बन्न लामिछाने अयोग्य रहेकाले बदरको माग रिट निवेदनमा गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
रमेश सुबेदी
Guest
रमेश सुबेदी
May 24, 2023 6:10 pm

कति खेदेकाे हाे रबिलाई सम्पूर्ण नियम रबिलाई मात्रै ?

रमेश सुबेदी
Guest
रमेश सुबेदी
May 24, 2023 6:11 pm

सर्वोच्चको काम न रबिका मुद्दामा हुने भाे ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस