×
Lagani
Lagani Shiksha gif
घोराही सिमेन्टको आईपीओ खुल्यो : स्थानीयले बहिस्कार गर्ने !



घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रिमियममा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। जसले गर्दा अन्य आईपीओ  जस्तै १०० रुपैयामा आईपीओ भर्न मिल्दैन। जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात् ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको हो।

Lagani Shiksha gif
sharehubapk घोराही सिमेन्टको आईपीओ खुल्यो : स्थानीयले बहिस्कार गर्ने !

उक्त सेयर उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त छुट्टाईएको छ।त्यस्तै प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको छ।

तर मूल्य महँगो भएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले बहिस्कार गर्ने भएका छन् । आफ्नो क्षेत्रमा फोहोर गर्ने अनि आफैलाई महँगोमा सेयर बेच्ने भन्दै स्थानीयहरुले बिरोध गरेका हुन्।

निष्काशन बन्द छिटोमा जेठ २ गते हुनेछ तर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका हकमा ढिलोमा जेठ १७ गते हुनेछ। उक्त सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम  १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Ganesh Sapkota
Guest
Ganesh Sapkota
May 3, 2023 5:46 pm

FPO rs400 , after sometime lost rs200, values down soon.



ताजा समाचार
लोकप्रिय
सिफारिस