NICGF 10.56 -0.28 SPC 520 5 RURU 740 -9.8 SDBD87 1035 4 GIBF1 9.69 0.1 PRIN 968 4 NICD83/84 1062 -19 RHGCL 388 0 KBSH 2386 -9 ALICL 714.5 -1.2 RLFL 625 6.9 NESDO 2229 -18 PMHPL 260 -4 UMRH 475 -1.9 GBLBS 738 -10 NICGF2 8.78 -0.02 NIBLGF 9.1 0.38 FOWAD 1479 0 PBD85 1079.9 19.9 GCIL 498 -5.8 TRH 1118 -5 KMCDB 1027.8 -11.1 MKHL 493 -6 HURJA 220 -4.6 BHDC 583 5.4 NMB50 10.3 0.05 LLBS 1050 5 PPCL 262 -5.2 HLBSL 1010 -10 NICA 452 -13 BNHC 466.9 0.7 MBLD2085 1085 6.5 SPDL 310 5 PPL 461 -2.5 HRL 861 -4 USHEC 523 -7 SFCL 704.1 63.6 NMFBS 1435 1 BFC 625 9.1 RBCLPO 12300 88
×
व्यावसायीकतामा जोड दिन बाख्रा उपहार



तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ ।

रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।

तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरुप बाख्रा पाएपछि देवकोटा खुसी छन् । बिना लगानी उपहारका रुपमा पाएको बाख्राबाट व्यावसाय बढाउँदै जाने उनको सोच छ ।

“आफूले लगानी नगरिकन उपहारस्वरुप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिकरुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन”, देवकोटाले भनिन् । उनको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ । देवकोटाले तालपोखरा स्वावलम्बन महिला समुहमार्फत बाख्रा उपहार पाएकी छन् । बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दीगो स्रोतका रुपमा व्यावसायिक तवरबाट काम गर्ने उनले बताइन् ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मलन समाज (बेस) नेपालको सहजीकरणमा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालनमा छ । परियोजनाअन्तर्गत नगरपालिकाभित्र गठन भएका २० स्वालम्वन महिला समूहमा २१ उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ । हालसम्म परियोजनाबाट ४१ महिला स्वावलम्बन समुह, दश युवा समूह गठन, उपहार समूह ३१ रहेका छन् । यी समूहमा परियोजनाका गतिविधि सञ्चालन भइरहेका छन् ।

परियोजनामार्फत गठन भएका महिला समूहमा परियोजना सुरु भएदेखि (आर्थिक वर्ष २०७७-७८) को असारदेखि हालसम्म रामपुरमा ३६१ उन्नत जातका प्रजननयोग्य माउँपाठी वितरण गरिएको छ । अहिलेसम्म परियोजनाले रामपुरभित्र ३५ वीउ बोका उपलब्ध गराएको छ ।

महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषि, स्थानीय जातका कुखुराको प्रवद्र्धन कार्य भइरहेको छ । समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, पाँच माउँ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, लहरेबालीका बीउबिजन वितरण भइरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका संयोजक सन्जु परियारले बताइन् ।

घरको कामसँगै बाख्रापालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउँ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताइन् । “उन्नत जातका बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ, बाख्रापालक किसानलाई प्रोत्साहन गर्दै नगरले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ”, उनले भनिन् । यहाँ किसानले आधुनिक प्रविधिका खोर निर्माण, स्थानीय खरी तथा बोयर क्रस जाता बाख्रा पाल्दै आएका छन् ।

रामपुर नगरपालिकामा सञ्चालन भइरहेको यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आयस्रोत वृद्धि गर्न स्थानीय तहले बेला बेलामा अनुगमन, समूहलाई क्षमता विकास तालिमलाई जोड दिँदै छोटो समय अवधि नभई कम्तीमा पनि तीनदेखि चार वर्षको समय अवधिसम्म कार्यक्रम निरन्तररुपमा सञ्चालन गर्दै जानुपर्ने बताउँछिन्, पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेय ।

हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपाकाअनुसार स्थानीय सरकारको साझेदारीमा हाल पाल्पाका दश स्थानीय तह रामपुर र तानसेन नगरपालिकासहित गाउँपालिकातर्फ निस्दी, पूर्वखोला, रिब्दीकोट, रम्भा र तिनाउँमा बाख्रापालनलगायतका विभिन्न कृषि तथा पशुपालनका कार्यक्रम चलिरहेको छ। पहिला बाख्रा र पशुमा मात्र सञ्चालन गरिएको कार्यक्रम अहिले भने पालिकाको समन्वयमा कृषि तथा पशुपालनमा सञ्चालन भइरहेको छ।

हेफरले पालिकासँगको समन्वयमा २०७८ सालदेखि कार्यक्रम गरिरहेको छ । पाल्पामा सन् २००१ देखि नै प्रारम्भ भएको हेफर प्रोजेक्ट कार्यक्रममा जोडिएका स्थानीयले बाख्रापालनबाट मनग्य आम्दानी लिन सफल भएका छन् । बाख्रापालन नै स्थानीयको मुख्य आयआर्जनको स्रोत बनेको छ । गत आर्थिक वर्षमा पाल्पा जिल्लाबाट करिब रु २० हजार खसीबोका बिक्री गरिएका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस