×
Lagani
Lagani Shiksha gif
सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीको लागि धमाधम स्टल बुकिङ हुँदै।



“दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्ववृद्धिमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोग,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघर नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि FuturexTrade Fair and Events को व्यवस्थापकीय साझेदारीमा यही बैशाख २२, २३ र २४ गते -May-5,6&7_ चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा हुन गइरहेको “सातौँ  चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०”९ (7th Chitwan International Industrial  Expo 2023)माऔद्यागिक मेशिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादनको बृहत प्रदर्शनी हुँदैछ ।

आधुनिक सुविधा सम्पत्र चितवन प्रदर्शनी केन्द्र, -ChitwanExpo Center) भरतपुर, चितवनमा आयोजना हुन गइरहेको उक्त प्रदर्शनीमा आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधि सहितनिर्माण,कृषि,अटो मोबाइल, फर्निचर, इन्जिनियरिङ ,मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ , प्याकेजिङ,  प्लाष्टिक, पर्यटन,  फूड एण्ड बेभरेजेजतथाअन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु ब्ुकिङ हुनथालेका छन् ।

Lagani Shiksha gif

यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ । अवलोकनकर्ताहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिकउत्पादकहरु, नेपालीउद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु,उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवाप्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु,तीनै तहका सरकारका नीतिनिर्माताहरु,उच्चपदस्थअधिकारीहरु,उद्योगीका छाता संस्थाका प्रतिनिधिहरुलाई समेत अवलोकनकर्ताको रुपमा सहभागि भै लाभ लिन आयोजकले अनुरोध गरेको छ ।

उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशीउद्योगीहरूका वीच प्रत्यक्ष भेटघाट तथा छलफल हुनगई औद्यागिकअनुभवतथा ज्ञान आदानप्रदान गर्ने समेत महत्वपूर्ण अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस