UNHPL 266 0 MANDU 885 -14 UHEWA 476 -11 NICLBSL 705.5 -7.5 MFIL 768 48 SGHC 393.6 0.1 SHPC 525 -3.9 FMDBL 758 -0.1 NUBL 730 2.8 MSHL 938 3 JOSHI 305 -6.8 EDBL 645 -1.9 MMF1 8.98 0.1 NYADI 305.4 -6.6 VLUCL 588 -1.9 EBL 605 5 HATHY 1322 13 KEF 9 0.28 PBD85 1079.9 19.9 SNMAPO 190 0 NIBSF2 8.9 0.08 SPDL 310 5 UPCL 262.2 -2.7 NICGF2 8.78 -0.02 NIBD84 1030 -20 MHCL 410 -7 HBL 260 -13 USLB 1467 -2.9 SJLIC 477 -7.5 CHL 353 0.4 NIFRA 280 -5 SFMF 10.2 -0.2 CITY 805 -17 GUFL 735 5 NICAD8283 1169.8 86.8 HURJA 220 -4.6 FOWAD 1479 0 LBLD86 1081 -0.2 KSBBL 448 -3 C30MF 9.74 0
×
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को बिक्री खुला



सिद्धार्थ क्यापिटलले आज चैत २६ गते आइतबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फन्ड बिक्री खुला गरेको छ ।

सिद्धार्थ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको छ । यो बन्दमुखी योजना हो । क्यापिटलले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत १२ करोड इकाई बिक्री खुल्ला गरेको हो । जसमध्ये फन्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि ५ प्रतिशत अर्थात ६० लाख सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ । सो समयमा सबै इकाई बिक्री नभएमा २०८० साल वैशाख १० गतेसम्म आवेदन खुला रहने छ ।

यस इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस