×
Lagani
Lagani Shiksha gif
सगरमाथा जलविद्युतको आईपीओ आज बाँडफाँट हुँदै।



सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै छ ।

कम्पनीको आईपीओ आज दिउसो ३ः३० प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट हुने प्रभु क्यापिटलले जनाएको छ।  कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको हुदा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk सगरमाथा जलविद्युतको आईपीओ आज बाँडफाँट हुँदै।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले इलाम जिल्लामा प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ ।

त्यस्तै सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड कायम हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस