BARUN 355 -2 HURJA 236.3 -3.7 H8020 10.05 -0.05 SEF 9.56 0.03 NBF3 9.14 -0.11 SPL 845 -10 SMFBS 1569 44 HHL 439.9 10.4 SPHL 650 -9 MHCL 396.5 -7.3 MANDU 1041 6 SFEF 9.06 -0.35 NABBC 628 -17 DORDI 456 -9 MNBBL 415 -4.9 NSIF2 11.75 -0.05 GHL 228 -5 MATRI 1569.8 18.8 ALICL 739 -8 MLBSL 2155 59 LICN 2270 -56 MLBS 1647.1 -2.9 CZBIL 235 -5 NIBLGF 9.2 -0.41 TPC 456 -8 GIBF1 10.18 0.11 NIL 981 -3 DOLTI 631 1 GBLBS 788 8 ALBSL 1065 19 TRH 1294.6 -25.4 MERO 811 1 ULBSL 3440 10 DLBS 1448 48 CKHL 624.5 9.5 ILBS 1084 32 KPCL 516 4 SHPC 553 -3 PCBL 282 1 MMKJL 530 -17
×
सगरमाथा जलविद्युतको आईपीओमा आवेदनको ओहिरो , आइतवारसम्म आवेदन दिन सकिने।



सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

कम्पनीको आईपीओमा शुक्रवार साझ सम्ममा १० लाख ९ हजार २ सय ६६ जना आवेदकले १ करोड १४ लाख ९ हजार ५ सय ८० कित्ता शेयरका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। यो कम्पनीले सर्बसाधारणलाई निष्कासन गरेको भन्दा ३ दशमलभ १८ गुणा बढी आवेदन हो।

कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । दोश्रो चरणमा कम्पनीले २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र  १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेव र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले इलाम जिल्लामा प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ ।

त्यस्तै सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड कायम हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस