×
Lagani
Lagani Shiksha gif
एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द



एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको छ ।

बैंकले सूचना प्रकाशित गर्दै यस बैंकको कार्ड सेवा डेबिट–क्रेडिट र प्रिपेडको स्विच अपग्रेशन माइग्रेशन गर्नुपर्ने भएकोले शुक्रबार राति १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम–पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द

बैंकका अनुसार कार्डसम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने छ ।

साथै उक्त सेवाअवरुद्ध समयमा आइपर्ने अत्यावश्यक कारोबारहरुका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध समेत गरेको छ । बैंकले आफूले गर्न लागेको यस प्रकारको अपग्रेडका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस