कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ सम्बन्धित सेयरधनिको डिम्याट खातामा आएको छ।
कम्पनीको सेयर हितग्राही खातामा केडिएल (KDL ) कारोबार संकेत भएर आएको छ। डिम्याट खातामा आए संगै आईपीओ यसै साता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदै छ । बुधवारसम्ममा आईपीओ सूचीकृत हुने विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ।
कम्पनीको २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७८ दशमलव १५ रहेकोले पहिलो कारोबारको लागि रू. ७८ दशमलव १५ देखि २३४ ओपन रेञ्ज पाउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted