×
Lagani
Lagani Shiksha gif
बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न , ८ हजार ९५ जनाले पाए १० कित्ता शेयर।



बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँट भएको छ।

लघुवित्तको आइपीओ आज बिहान ११ बजे बाँडफाँट गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ ।

Lagani Shiksha gif

योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदक मध्य ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् । बिपिडब्लु लघुवित्तले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३% ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस