×
Lagani
Lagani Shiksha gif
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



आत्मनिर्भर लघुवित्तको आईपीओ आज बाँडफाँट सम्पन्न भएको छ।

लघुवित्तको आईपीओ आज बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जसमा १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन दिएका थिए ।

Lagani Shiksha gif
sharehubapk आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

माग भन्दा बढी आवेदन परेको हुदा  गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ। जसले गर्दा १६ हजार ९७५ आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन । शेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता  शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस