UNL 48870 -930 SANIMA 326 -10.2 BHDC 583 5.4 MBLD2085 1085 6.5 GHL 218.5 -1.1 CBBL 980 1 MEN 631.1 -3.9 RAWA 889 29 HATHY 1322 13 CIZBD86 1060 -10 LBBL 475 -4.8 HHL 439 -3.2 MPFL 751 5 GVL 538.5 -22 MSLB 1564 -70 RBCLPO 12300 88 UMRH 475 -1.9 HRL 861 -4 GBLBS 738 -10 ALBSL 1040 -4 MAKAR 500 6 NWCL 975 -13.9 SCB 691.1 3.6 ACLBSL 1035 0 AKPL 248.5 -2.5 SAMAJ 3321.1 1.1 CGH 909 -5 NIFRA 280 -5 PROFL 655 7 LEC 276.8 -6 FMDBL 758 -0.1 NBF2 9.15 -0.05 CMF1 10.5 -0.2 SEF 9.51 -0.24 SAHAS 505 28 NICL 990.2 -4.8 HLBSL 1010 -10 KSY 9.22 -0.19 LUK 9.21 -0.09 MMKJL 543.6 9.6
×
भोलि हुदै आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट , १५ लाख बढीको हात खालि हुने।



आत्मनिर्भर लघुवित्तको आईपीओ भोलि  बाँडफाँट हुने भएको छ।

लघुवित्तको आईपीओ भोलि बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जसमा १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन ।  जुन मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदा  गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसले गर्दा १६ हजार ९७५ आवेदकले १० कित्ताको दरले मात्र शेयर हात पार्नेछन् भने बाकी १५ लाख ९२ हजार ६११ जनाको भने हात खाली हुनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस